Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान,कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान,कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १२, २०७८ शुक्रवार • १३:०४:२१ बजे
  • 640
    SHARES
  • प्रधानमन्त्री देउवा बेलायत प्रस्थान,कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

    पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखले बिदाइ गरेका छन्।

    images


    नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धीको २६ औं सम्मेलनको वल्ड लिडर समिटका लागि प्रधानमन्त्री देउवा त्यसतर्फ गएका हुन्। आज प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै बेलायत गएका हुन्।

    उनले वल्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। उनी बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन्।

    प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ पनि अधिकारी सहभागी छन्। प्रधानमन्त्री देउवा कात्तिक १८ मा स्वदेश फर्किने कार्यक्रम छ।


    प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई दिएका छन्। गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता खाणलाई प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।

    मन्त्रिपरिषदमा प्रधानमन्त्री देउवापछि बरियताक्रममा गृहमन्त्री खाणलाई राखिएकोले उनलाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मा दिइएको हो। गृहमन्त्री खाणको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाणलाई दिएका छन् र त्यसबारे जानकारीको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ।

    साथै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गृहमन्त्री खाणले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology