Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

१०औं महाधिवेशनका लागि एमालेले २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने

१०औं महाधिवेशनका लागि एमालेले २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७८ शुक्रवार • १८:३७:११ बजे
  • 1.7K
    SHARES
  • १०औं महाधिवेशनका लागि एमालेले २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने

    नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनका लागि २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले २७ कात्तिकमा एकैदिन देशभरबाट प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले १ हजार ९९९ प्रतिनिधि चयन गर्ने निर्णय गरिसकेको छ ।

    images

    अहिले एमालेसँग ७ लाख २१ हजार पार्टी सदस्य छन् । प्रवक्ता ज्ञवालीका अनुसार प्रतिनिधि तीन खालका हुनेछन् । केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरु पदेन प्रतिनिधि हुनेछन् ।

    पदेन प्रतिनिधिबाहेक विभिन्न भुगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न रेसियोबाट प्रतिनिधि चयन गरिनेछ । त्यसका लागि हरेक निर्वाचन क्षेत्रबाट १५ सय सदस्य बराबर कम्तीमा एक जना महिला र दुईजना खुला गरेर तीन जना अर्थात हरेक निर्वाचन क्षेत्रबाट तीन जना हुनेछन् ।

    त्यसबाहेक एक हजार सदस्य बढ्दै जाँदा एक जना थपिनेछ । ५१ प्रतिशत प्रतिनिधि समावेशी हुनेछ । जसमा ३३ प्रतिशत महिलाका अतिरिक्त आदिवासी, जनजाति थारु मधेसी मुस्लिम दलित पिछडिएको क्षेत्रसहित कलस्टर छुट्याएको छ । ४९ प्रतिशत खुला गरेर प्रतिनिधि चयन हुनेछ ।

    त्यसबाहेक हरेक जिल्लाबाट एक एक जना दलित प्रतिनिधि चयन हुनेछन् । अर्को हरेक प्रदेशबाट मजदुर पार्टी सदस्यबाट मजदुर प्रतिनिधि चयन हुनेछ ।

    त्यसैगरी हरेक जनसंगठनबाट ५र५ जना प्रतिनिधित्व हुनेछ । केन्द्रीय विभाग र केन्द्रीय कार्यालयलाई एउटा निर्वाचन क्षेत्र मानेर त्यहाँबाट दुई जना महिला र एकजना खुला गरेर तीन जना त्यहाँबाट निर्वाचित हुनेछन् । प्रवासका समर्थक शुभचिन्तकबाट २० जना प्रतिनिधित्व गराइने प्रवक्ता ज्ञवालीले बताए ।

    बैठकमा १०औं राष्ट्रिय महाधिवेशनमा प्रयोग हुने विद्युतीय मेसिनमा डेमो मतदान गरेर परीक्षण गरिएको थियो । बैठकमा अध्यक्ष ओलीले बाँकी रहेका पालिका र वडा अधिवेशन छिट्टै गर्न निर्देशन दिए । न्यायालयमा देखिएको अराजकता भद्रगोल वेथितिहरुका बारेमा पनि कुराकानी भएको थियो । केन्द्रीय कमिटीको आगामी बैठक ९ मंसिरमा चितवनको सौराहमा बस्ने ज्ञवालीले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology