Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

१० बुँदेको औचित्य छैन भन्दैओलीले झपारे भीम रावललाई

१० बुँदेको औचित्य छैन भन्दैओलीले झपारे भीम रावललाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७८ शुक्रवार • १८:४०:२६ बजे
  • 940
    SHARES
  • १० बुँदेको औचित्य छैन भन्दैओलीले झपारे भीम रावललाई

    शुक्रबार प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच बाझाबाझ चलेको छ । बैठकमा उपस्थित भएका रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको विषयमा असन्तुष्टि पोखेपछि बाझाबाझ चलेको हो ।

    images

    बैठकमा रावललको भनाइप्रति ओलीले हस्तक्षेप गर्दै अब १० बुँदेका कुनै औचित्य छैन भनेर झपारेका थिए । ‘१० बुँदेको सकियो । तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ? अब कार्यदल किन चाहियो ।

    तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो त,’ अध्यक्ष ओली भने । अब १० बुँदेभन्दा पनि पार्टीको समस्याका विषयमा पार्टी केन्द्रित हुने पनि उनले बैठकमा भनेका छन् ।

    उपाध्यक्ष रावलले भने आफू १० बुँदे कार्यान्वयन कार्यदलमा बस्न नसकेर नभई सहमति कार्यान्वयन नभएपछि बाहिरिएको जवाफ दिएका छन् । बैठकमा दुईबीच चर्काचर्की भएपछि अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरालगायतले उनीहरुलाई यस विषयतिर प्रवेश नगर्न अनुरोध गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology