Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शाहरुख पुत्र आर्यन २७ दिनपछि रिहा हुँदै

शाहरुख पुत्र आर्यन २७ दिनपछि रिहा हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • १०:२८:५३ बजे
  • 1.7K
    SHARES
  • शाहरुख पुत्र आर्यन २७ दिनपछि रिहा हुँदै

    एजेन्सी । क्रूज ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन् । गत अक्टोबर २ मा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

    images

    खानले बिहीबार जमानत पाएका थिए। बाम्बे उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो । तर, सर्त उल्लंघन भएमा जमानत रद्द हुनेछ ।

    आर्यनको जमानत भए पनि औपचारिकता पुरा हुन बाँकी रहेकाले उनी अझै मुम्बईस्थित आर्थर रोड जेलमा रिहाइको पर्खाइमा छन् । आज बिहान १० बजे कारागार खुलेपछि उनी आजै बिहान ११ बजेसम्म रिहा हुने ठानिएको छ ।

    आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको थियो। उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए पनि उनको २ पटक जमानत रद्द भएको ईण्डिया टुडेले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology