Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्छ : प्रकाशमान सिंह

न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्छ : प्रकाशमान सिंह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • १०:४५:३५ बजे
  • 832
    SHARES
  • न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्छ : प्रकाशमान सिंह

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्ने बताएका छन् ।

    images

    नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमहामन्त्री सिंहले न्यायालयमा हुन नहुने घटना भइरहेको र जिम्मेवार नेताहरूले यसमा सकेसम्म चाँडो समाधन दिनुपर्ने बताए ।

    कार्यपालिका र न्यायपालिका संविधानको मर्म अनुसार चेक एन्ड ब्यालेन्स सिस्टममा चल्नुपर्ने उनले बताए ।

    “न्यायपालिकाले कार्यापालिकालाई प्रभावित पार्ने, कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षप गर्दा व्यवस्थामा खतरा हुन्छ,” उनले भने, “संविधानअनुसार जिम्मेवारी बहनमा कमी आएकाले समस्या भएको हो, संविधानको भावना र मर्म अनुसार चल्नुपर्छ ।

    स्वार्थका लागि विधि र प्रक्रिया थन्काएर जे पनि गर्दा हुन्छ भन्ने प्रवृत्तिमा अगाडि बढेमा सिस्टम खलबल हुने उनले बताए ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आचरण र गतिविधिमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायाधीश र नेपाल बार एसोसिएसनले राजीनामा माग गरिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology