Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • १५:५०:५४ बजे
  • 859
    SHARES
  • न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले न्यायालयमा देखिएको समस्याको विषयमा चाँडै गठबन्धनबाटै साझा धारणा सार्वजनिक गर्ने बताएका छन् ।

    images

    शनिबार सर्लाहीको एक कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने,“गठबन्धनको बैठकमा अहिलेसम्म न्यायालयमा देखिएको समस्याको विषयमा छलफल भएको छैन । नेताहरु कार्यव्यस्तताले गर्दा काठमाडौँ बाहिरै छन् ।

    काठमाडौँमा नेताहरु उपलब्ध भएपछि केही दिनभित्रै छलफल गरेर गठबन्धनको साझा धारणा सार्वजनिक गर्नेछौँ ।” उनले यस विषयमा व्यक्तिगत धारणभन्दा पनि साझा धारणा नै सार्वजनिक गर्ने प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ थियो ।

    उनले न्यायालयमा देखिएको समस्या समाधान गर्ने दृष्टिकोणले नै हल गरिने बताए । “गठबन्धन स्मुथली चलिरहेको छ । कुनै विवाद आएको छैन,” प्रचण्डले भने,“दलहरुले आफ्नो राजनीतिक दायरा बढाउनु आफ्नो कुरा छ । तर, गठबन्धनलाई असर गर्ने काम कतैबाट भएको छैन ।”

    ‘लामो समयदेखि संसद विजनेसलेस रहेको र नागरिकतासम्बन्धी विधेयकको विषयमा तपाईंको धारण के छ ?’ भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले प्रतिपक्षी दलले संविधानको मर्म भावनाविपरीत अनावश्यक रुपमा संसद् अवरुद्ध गरेकोले अब चाँडै अध्यादेशबाट भएपनि महत्वपूर्ण नागरिकता विधेयतलगायत महत्वपूर्ण विधेयकहरु अगाडि बढाउने बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology