Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मेटमणि चौधरीको भविष्यवाणी : चुनावपछि एमाले र नोकिया मोबाइल उस्तै

मेटमणि चौधरीको भविष्यवाणी : चुनावपछि एमाले र नोकिया मोबाइल उस्तै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • २०:३१:४५ बजे
  • 685
    SHARES
  • मेटमणि चौधरीको भविष्यवाणी : चुनावपछि एमाले र नोकिया मोबाइल उस्तै

    नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणि चौधरीले आगामी चुनावपछि नेकपा एमालेको अवस्था नोकिया मोबाइल फोनजस्तो हुने भविष्यवाणी गरेका छन् ।

    images

    शनिबार शंखरापुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी चुनावपछि अहिले काम नलाग्ने भएको तर, कुनै समय ब्राण्ड बनाएको नोकिया फोनजस्तै एमालेको अवस्था हुने चौधरीले भविष्यवाणी गरे ।

    कार्यक्रममा चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकिया मोबाइलको जस्तै हुन्छ । एक समय राम्रो ब्राण्ड भ्यालु भएको नोकिया अहिले काम लाग्दैन । मान्छेले किन्दैनन् । हेरिराख्न्नुस्, त्यसैगरी एमालेलाई पनि अब जनताले पत्याउँदैनन् ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमतका साथ चुनाव जित्ने भन्ने कुरा हावा भएको उनको भनाइ छ ।

    ओलीलाई अक्षम व्यक्तिको संज्ञा दिँदै एमालेले भोट दिने आधार के भन्दै चौधरीले प्रश्न गरे । आगामी चुनावले नेकपा (एस) देशमा पहिलो पार्टीका रुपमा स्थापित हुने भविष्यवाणी गरे ।

    दुई महिनाको अवधिमा ७५३ स्थानीय तहका वडामा पार्टी मजबुत भएको बताउँदै नयाँ पार्टीले २०६४ सालको चुनावको जस्तै मत बटुल्ने पनि ठोकुवा गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology