Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्डले राखे जसपासँग पार्टी एकताको प्रस्ताव

प्रचण्डले राखे जसपासँग पार्टी एकताको प्रस्ताव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • २०:३३:२२ बजे
  • 1.1K
    SHARES
  • प्रचण्डले राखे जसपासँग पार्टी एकताको प्रस्ताव

    नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता महेन्द्र राय यादवलाई ढिला नगरी पार्टी एकता गर्न आग्रह गरेका छन् ।

    images

    शनिबार सर्लाहीमा आयोजित शिक्षक संगठनको एकता कार्यक्रममा बोल्दै उनले ढिला नगरी जसपा र माओवादी पार्टी पनि एक हुन आग्रह गरे । ‘नेकपा ढिलो नगरी पार्टी एकता गरौँ, आनन्द नै होला । क्षेत्रीय राजनीतिबाट मधेशीले मुक्ति पाउँदैन, पहाडीयाले पनि । यो टुकुरो बनाएर किन बस्ने, महासागर बनेर बसौँ । यो पो बुद्धिको कुरा हो ।

    अलग अलग टुक्रा बनाउँदै पर्दैन,’ उनले भने, ‘म महेन्द्रजी, उपेन्द्रजीलाई एउटै पार्टी बनाऔँ । ढिलो नगरौँ, तपाईहरुलाई चाहिने सम्मान, अधिकार दिन हामी कन्जुस्याइँ गर्ने छैनौँ ।’ अध्यक्ष प्रचण्डले उपेन्द्र र महेन्द्रले आफूलाई राम्रोसँग चिनेको बताउँदै बरु आफू जनकपुर आउने र त्यहीँ एक हुन आग्रह पनि गरे ।

    उनले भने, ‘मलाई उपेन्द्र र महेन्द्रले राम्रोसँग चिन्नुहुन्छ म कस्तो मान्छे हो भनेर । नडराइकन पार्टी एकता गरौँ । बरु म जनकपुर आउँछु, त्यहीँ एउटा घोषा सभा बनाऔँ । अर्काेपटक मधेशमा लहर आउँछ ।

    त्यसपछि मधेसमा एकलौटी सरकार बनाउछौँ । टेन्सन किन लिनुपर्यो । तर, एक्लै हिँड्न खोज्नुहुन्छ भने भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ तर, काँध हाल्न सकिँदैन ।’

    अध्यक्ष प्रचण्डले माओवादीलाई चलाउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट बालकोट पुगेको उदाहरण दिँदै माओवादीलाई नचलाउन पनि भनेका छन् ।

    प्रधानमन्त्रीमा रहँदा ओलीले संसद् विघटन गर्दाको परिणाम अहिले देखिएको उनको भनाइ छ । उनका अनुसार एमालेको सरकार रहेको सुदुपश्चिम, कर्णालीबाट विदाई हुनुपरेको छ । उनले अब बागमती र प्रदेश १ मा पनि एमालेको सरकार ढल्ने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology