Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने ६ विद्यार्थी संगठनको चेतावनी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने ६ विद्यार्थी संगठनको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • २०:४०:२४ बजे
  • 1.6K
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने ६ विद्यार्थी संगठनको चेतावनी

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयविरुद्ध ६ विद्यार्थी संगठनले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    images

    अनेरास्ववियु , अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी यूनियनसैगै ६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गरेका हुन् ।

    आज शनिबार विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

    चाडबाडको समयमा पेट्रोल, डिजेल र मट्टितेलजस्ता पदार्थमा गरिएको मूल्यवृद्धि र त्यसले पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    आयल निगमभित्रका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्न विद्यार्थी संगठनले अनुरोध गरेका छन् । उनीहरुले जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनमा जोड दिएका छन् ।

    विद्यार्थी संगठनहरुले एकोहोरो रुपमा गरिएको मूल्यवृद्धिप्रति कडा आपत्ति जनाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology