Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसदीय व्यवस्था असफल भयो : विप्लव

संसदीय व्यवस्था असफल भयो : विप्लव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • २०:४१:४६ बजे
  • 1.3K
    SHARES
  • संसदीय व्यवस्था असफल भयो : विप्लव

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था असफल भैसकेको बताएका छन् ।

    images

    युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको शनिबार दाङको घोराहीमा उद्घाटन गर्दै महासचिव विप्लवले संसदीय व्यवस्थाले जनताको अधिकार स्थापित गर्नेभन्दा खोस्ने र नेताहरू मात्रै मोटाउने काम भएको भन्दै यसको औचित्य सकिएको दाबी गरे ।

    अबको व्यवस्था जनमत संग्रहबाट अघि बढ्नु पर्ने उनको धारणा थियो । त्यसो अवस्था आए आफूहरू चुनावमा जानेसमेत उनले बताए । राज्य सत्ता अहिले संकटपूर्ण अवस्थामा रहेको भन्दै विप्लवले न्यायलयमासमेत प्रश्न उठ्नु दुर्भाग्यपूर्ण भएको बताए ।

    नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र सत्तामा पुगे पनि सत्ता र अधिकार जनतामा फर्काउन नचाहेको दाबी उनको छ ।

    भ्रष्टाचार, ढिलासुस्ती, घुसखोरीमा सबै लिप्त भएको तर जनताको अधिकार र न्याय स्थापितमा ध्यान नदिँदा अहिलेको व्यवस्थामाथि प्रश्न गर्नुपर्ने बाध्यता आइपरेको उल्लेख गरे ।

    नेता विप्लवले अमेरिकी सहयोग एमसिसी सहयोग लिन सकिने तर निस्वार्थ हुनुपर्ने बताए । साथै महासचिव विप्लवले सरकारसँग भएका सम्झौताको कार्यान्वयन हुन नसकेको प्रति आक्रोशसमेत व्यक्त गरे । तत्काल सहमती कार्यान्वयन गरेर इमान्दारिता देखाउने समेत सरकारलाई आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # विप्लव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology