Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भैंसीको मासुले गाउँ नै आतंकित

भैंसीको मासुले गाउँ नै आतंकित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७८ आइतवार • ०८:३३:१३ बजे
  • 1.1K
    SHARES
  • भैंसीको मासुले गाउँ नै आतंकित

    रूपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै आतंकित भएको छ । नगरको वडा नं. ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टोकेर बिरामी परेको भैंसी काटेर मासु खाँदा गाउँ नै आतंकित भएको हो ।

    images

    गत असोज १९ गते घटस्थापनाका दिन सैनामैना–८ पीपलडाँडा ठूली ओकाली निवासी एक स्थानीयको घरबाट स्मृतिटोलका केही व्यक्ति मिलेर भैंसी ल्याई काटेर गाउँमा मासु बिक्री गरेका थिए ।

    असोज १९ गतेको घटना भए पनि अहिले मात्र सार्वजनिक भएको हो । सैनामैना–७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृतिटोल निवासी दुई व्यक्तिले पीपलडाँडाबाट भैंसी ल्याई काटेर प्रतिकेजी २ सय ५० रुपियाँका दरले बिक्री गरेका थिए ।

    उक्त भैंसीको मासु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरी कुल १ सय ४० जनाले पकाएर खाएका थिए । वडाध्यक्ष बेल्वासेले भन्नुभयो– ‘भैंसी कुकुरले टोकेर केही दिनदेखि बिरामी परेको रहेछ, उहाँहरुले हामीले छालामात्र प्रयोग गर्छौं भनी उक्त भैंसी मालिकको घरबाट ल्याउनुभएछ र गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ ।

    ’ उक्त मासु खानेमा बच्चादेखि वृद्धसम्म रहेका उहाँले बताउनुभयो ।

    अस्वस्थ मासु बिक्री–वितरण गरेको भन्दै दोषीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीमा अनुरोध गरिएको अध्यक्ष बेलबासेले बताउनुभयो ।

    याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # भैंसीको मासु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology