Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायतका नेपालीमाझ देउवाले भने – ‘मताधिकार दिन सकिँदैन

बेलायतका नेपालीमाझ देउवाले भने – ‘मताधिकार दिन सकिँदैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७८ आइतवार • ०८:३७:२८ बजे
  • 1.1K
    SHARES
  • बेलायतका नेपालीमाझ देउवाले भने – ‘मताधिकार दिन सकिँदैन

    प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई तत्काल मताधिकार दिन नसकिने बताउनु भएको छ ।

    images

    गैरआवासिय गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सविधानमै उल्लेख नभएकाले विदेशी नागरिकता लिएका नेपालीलाई मताधिकार दिन नसकिने बताउनु भएको हो ।

    स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, विदेशी नागरिकता लिइसकेका नेपालीलाई तत्काल मताधिकार दिन सकिँदैन। त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, यो तत्का सम्भव छैन।

    ’ प्रधानमन्त्री देउवाले त्याहाँका नेपालीहरुसँग अन्य सकिने सुविधा भने उपलब्ध गराउ तयार रहेको बताउनुभयो । त्यस्तै वेलायतमा बसेका नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी भित्र्याउनमा सहयोग गर्न आग्रहसमेत गर्नुभएको थियो ।

    उहाँले भूतपूर्व व्रिटिस गोर्खा सैनिकहरुको समस्या समाधान गर्नमा सहयोग गर्न तत्पर रहेको पनि उल्लेख गर्नुभयो ।

    त्यस्तैगरी सरकारले पर्यटकहरुलाई विमानस्थलमै भिसा दिने काम (अन अराइभल भिसा) दिन सुरु गरिएको पनि बताउनु भयो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # बेलायत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology