Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७८ आइतवार • ११:५७:५३ बजे
  • 1.5K
    SHARES
  • घट्यो सुनको मूल्य

    सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य घटेको बताएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

    images

    यस्तै, आजका लागि तेजाबी सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ ।

    आज चाँदीको प्रतितोला मूल्य १२ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ तोकिएको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology