Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिकार गर्ने नाउमा पैसा बाँडियो, प्रधानन्यायाधीशलाई त्यो पदमा बस्न दिन्नौं : शम्भु थापा

प्रतिकार गर्ने नाउमा पैसा बाँडियो, प्रधानन्यायाधीशलाई त्यो पदमा बस्न दिन्नौं : शम्भु थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७८ आइतवार • १६:१०:४८ बजे
  • 679
    SHARES
  • प्रतिकार गर्ने नाउमा पैसा बाँडियो, प्रधानन्यायाधीशलाई त्यो पदमा बस्न दिन्नौं : शम्भु थापा

    वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायालय हाँक्न असक्षम रहेको बताएका छन् । आफूहरुले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन् भनेरै राजीनामा मागेको उल्लेख गर्दै थापाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताए ।

    images

    ‘नेपाल बार फर्किँदैन । उहाँ अब कति बस्नुहुन्छ, एक वर्ष? कार्यकालभरी आन्दोलन गर्छौं । हामी छोड्दैनौं,’ सर्वोच्च अदालत परिसरमा बारको कालोपट्टी विरोध कार्यक्रममा उनले भने । राजीनामा नदिए महाभियोग लगाउनुपर्ने भन्दै थापाले राजनीतिक दलहरु अहिले परीक्षामा रहेको बताए ।

    ‘इजलासमा बस्दिन भनेर घोषणा गरिसकेपछि इजलास चलाउन नसक्ने यी प्रधानन्यायाधीशलाई हामीले प्रधानन्यायाधीश मानिराख्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘जति सेवाग्रही मारमा छन्, त्यति नै हामी पनि मारमा छौं ।’

    थापाले बारको आन्दोलन विथोल्न गोप्य रुपमा कालो कोट र पैसा बाँडिएको आरोप लगाउँदै सार्वजनिक रुपमा बाहिर आएका प्रधानन्यायाधीशलाई पद बस्न नदिने चेतावनी दिए । ‘अदालतभन्दा पनि बार ठूलो ।

    न्यायालयको संरक्षण गर्न बारले राजीनामा मागिसक्यो भने तपाई को हो राजीनामा नदिने ?’ थापाले प्रश्न गरे, ‘प्रतिकार गर्ने नाउमा कालो कोट बाँडिएको छ । पैसा बाँडिएको छ । पत्रकारलाई अन्य प्रकारले लोभ लालचमा फसाउन खोजिएको छ । कार्यक्रम गर्न खोजिएको छ भन्ने कुरा वस्तुनिष्ठ थाहा पायौं भने तपाईलाई त्यो पदमा बस्न दिन्नौ भन्ने घोषणा गर्छौं । हाम्रो विनम्र अनुरोध छ, यसमा यो त्यो गरेर नखेल्नुस् ।’

    थापाले प्रशासनका मुख्य रजिष्ट्रार लगायत रजिष्ट्रार र अरु कर्मचारीलाई पनि प्रधानन्यायाधीशविरुद्ध एक हुन आग्रह गरे । आफूहरुले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन्, राजीनामा दिनुपर्‍यो भनेको उल्लेख गर्दै थापाले थपे, ‘अब उनले म मा के के असक्षमता छन् सुनुवाइ गरौ भन्नुहुन्छ भने पूर्वन्यायाधीश, उहाँले छानेका न्यायाधीशहरु राखेर इजलास राखौ । उहातिर हामी एकतिर तयार छौं ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # शम्भु थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology