Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७८ आइतवार • १६:१९:४७ बजे
  • 913
    SHARES
  • एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय

    नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको छ । आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभाको ठूलो दल एकीकृत समाजवादीको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो ।

    images

    स्रोतका अनुसार धनगढीमा सम्पन्न प्रदेश कमिटी बैठकले प्रदेश सरकारको नेतृत्वका लागि केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    प्रदेश सरकारमा दावी पेस गर्न केन्द्रमा अनुरोध गर्ने पार्टीको प्रदेश कमिटी बैठकले निर्णय गरेको एक नेताको भनाई छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने विषयमा बैठकमा छलफल भएको प्रदेश कमिटीका सचिव दिनेशचन्द्र सुवेदीको भनाई छ ।

    पत्रकार सम्मेलन गरेर विस्तृतमा सबै कुरा जानकारी उनको भनाई छ । एकीकृत समाजवादी पार्टीको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अहिले नेकपा माओवादी केन्द्रले गरिरहेको छ ।

    ५२ सदस्यीय प्रदेशसभामा १४ सांसदस एकीकृत समाजवादी पार्टीको छ । प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद रहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology