Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भीम रावलले खुलाए १० भाइ माधवसँग नजानुको कारण

भीम रावलले खुलाए १० भाइ माधवसँग नजानुको कारण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • ०८:१७:१७ बजे
  • 865
    SHARES
  • भीम रावलले खुलाए १० भाइ माधवसँग नजानुको कारण

    प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विवाद चर्किंदै गएको बेला एक अर्को सहमतिको खुलासा भएको छ । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको खुलासा गरेका छन् ।

    images

    उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी गठन भएको कार्यदलको संयोजकबाट आइतबार दिएको लिखित राजीनामा पत्रमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने सहमति भएको खुलाएका हुन् ।

    १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चासो नदिएको र उल्टै सहमतिको औचित्य सकिसकेको बताएपछि उपाध्यक्ष रावलले उच्चस्तरीय कार्यदलबाट राजीनामा दिँदै यस्तो खुलासा गरेका हुन् । तर २७ असारमा भएको १० बुँदे सहमतिका बुँदामा दुई अध्यक्ष बनाउने विषयमा केही उल्लेख छैन ।

    १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि तेस्रो धारका नेताहरू नेपालको साथ छोडेर एमालेमै बसेका थिए । सो सहमति कार्यान्वयन गर्ने स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरेर अन्तर पार्टी निर्देशन (अपानि) १२ जारी हुँदासमेत अध्यक्ष ओलीले १० बुँदे औचित्यहीन भएको बोल्ने गरेकाले आफूले राजीनामा दिएको रावलले जनाएका छन् ।

    रावलले बुझाएको राजीनामा पत्रको बुँदा नम्बर ४ मा भनिएको छ, ‘१० बुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्न केन्द्रीय कमिटीमा दुई जना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो ।

    यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुुनुका साथै ६ साउनमा अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रूपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’ यो खबर आजको राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology