Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विश्वासको मत नपाउने भएपछि राजीनामा दिँदै मुख्यमन्त्री आचार्य

विश्वासको मत नपाउने भएपछि राजीनामा दिँदै मुख्यमन्त्री आचार्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • १२:५०:०२ बजे
  • 652
    SHARES
  • विश्वासको मत नपाउने भएपछि राजीनामा दिँदै मुख्यमन्त्री आचार्य

    प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सम्बोधन गरेर राजीनामा दिने भएका हुन् । बैठक साढे १२ बजे बस्दै छ ।

    images

    आजको प्रदेशसभामा विश्वासको मत लिन कस्सिएका मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने लगभग निश्चित भएपछि राजीनामा दिन लागेको स्रोतले बताएको छ ।

    मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर, नेपाली कांग्रेसभित्रको किचलो र नेकपा (एमाले)को आग्रहका कारण बैठक आजसम्मका लागि सारिएको थियो ।

    प्रदेश १ मा गठबन्धन दलको तर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । प्रदेश १ मा ९२ सांसदमध्ये ४१ एमाले पक्षमा छन् । त्यसमध्ये पनि एक जना सभामुख छन् ।

    ९२ सांसद रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसद चाहिन्छ । कांग्रेस २१, माओवादी १५, नेकपा (एकीकृत समाजवादी) १०, जसपा ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एक गरी ५० जना सांसद विपक्षी गठबन्धनमा छन् । राप्रपाका एक सांसद छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # विश्वास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology