Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • १६:०३:३९ बजे
  • 1.1K
    SHARES
  • मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

    प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा बुझाएका छन् ।

    images

    सोमबार दिउँसो प्रदेशसभा बैठकमा प्रदेश प्रमुख समक्ष नेकपा एमाले सबैभन्दा ठूलो रहे पनि एकल बहुमतको अवस्था नरहेकाले राजीनामा बुझाएका छन् ।

    दुई महिनाको अवधिमा मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका आचार्य भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी अघि शेरधन राई मुख्यमन्त्री थिए । तर, एमालेबाट माधव नेपाल समूह छुट्टिएर गएसँगै उनी अल्पमतमा परेका थिए ।

    एमालेका १० सांसदले नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

    त्यसपछि अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । तर, उनले राजीनामा दिएपछि प्रस्ताव मतदान नभई गठबन्धनको सरकार बन्ने भएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # राजीनामा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology