प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सबै सरकार गुमाएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य ६८ दिनमै राजीनामा दिएर सरकारबाट बाहिरिएसँगै एमाले अब केन्द्रदेखि प्रदेशसम्म पूर्ण प्रतिपक्ष बनेको हो ।
एमालेले तत्कालीन वाम गठबन्धनमा चारवटा प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो । तत्कालीन नेकपा र पछिल्लो समय एमालेमै विभाजन आएपछि एमालेले सबै सरकार छोड्नु परेको छ ।
१० भदौमा नियुक्त आचार्यले छोटो समयमै सरकार छाड्नु परेको छ । प्रदेश १ मा एमाले एकल बहुमतमा रहे पनि पार्टी विभाजित हुँदा उनी भदौ १० मा नियुक्त भएका थिए । आचा ६८ दिनमै सरकारबाट बाहिरिनु परेको छ ।
आचार्यअघि गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र वागमतीमा अष्टलक्ष्मी शाक्य हटिसकेका छन् ।
संघीय सरकारको नेतृत्व गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीले गत २८ असारमा सरकार छाड्नु परेको थियो । अब एमाले संघ र प्रदेशका सबै सरकार गुमाउनु परेपछि पूर्ण प्रतिपक्ष’ बनेको हो ।