Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुख्यमन्त्री पाण्डेले २२ कात्तिकमा विश्वासको मत लिने

मुख्यमन्त्री पाण्डेले २२ कात्तिकमा विश्वासको मत लिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • १६:१४:४३ बजे
  • 994
    SHARES
  • मुख्यमन्त्री पाण्डेले २२ कात्तिकमा विश्वासको मत लिने

    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आगामी कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । गत बिहीबार सत्ता बठबन्धनबाट ५९ जना प्रदेशसभा सदस्यको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।

    images

    पाण्डेले २२ गते प्रदेशसभा बैठकमा विश्वासको मत लिनका लागि त्यससम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

    नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पाण्डे गठबन्धनको समर्थनमा बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि, डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology