Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको छ : प्रचण्ड

तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • १७:५४:०७ बजे
  • 754
    SHARES
  • तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको छ : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको बताएका छन् ।

    images

    सोमबार पार्टी निकटका निजामती कर्मचारीहरुको कार्यक्रममा प्रचण्डले कसरी गर्ने भन्ने सम्बन्धमा दुईथरि विचारमा छलफल भइरहेको बताएका छन् ।

    प्रचण्डले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक निर्वाचन गर्ने वा पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताएका हुन् ।

    ‘निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा राजनीतिक तहमा चलिरहेको छ तर निर्वाचन आयोगसँग छलफल गर्न बाँकी नै रहेको छ’ प्रचण्डले भने ।

    ‘राज्यलाई कम भार पार्ने, जनतालाई कम दुख हुने गरी तीनै तहको निर्वाचन एकैचोटी गर्ने, प्रदेश अनुसार चरण चरणमा गर्ने तर काउन्टिङ एकै पटक गर्ने गर्‍यो भने धेरै चलखेल षड्यन्त्र पनि हुन नपाउने आर्थिक बोझ पनि कम हुने राजनीतिक दललाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार आएको छ’ अध्यक्ष प्रचण्डले भने ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology