नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आगामी चुनावमा गठबन्धन गरेर आए पनि दलहरुलाई पराजित गरेरै छाड्ने दाबी गरेका छन् ।
सोमबार एमाले काठमाडौँ क्षेत्र नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा पोखरेलले आगामी निर्वाचनमा सक्ने भए एक्ला–एक्लै प्रतिस्पर्धा गर्न चुनौती दिँदै गठबन्धन बनाएर आए पनि पराजित गर्ने दाबी गरेका हुन् ।
पोखरेलले वर्तमान सरकार सरकार संविधान र कानुनविपरीत विदेशीको इशारामा चलेको आरोप लगाए । उहाले पूर्ववत् सरकारले शुभारम्भ गरेको अस्पताल निर्माण र १४ सयभन्दा बढी सडकको निर्माण वर्तमान सरकारले रोकेको बताए ।
त्यस्तै, पोखरेलले एमाले विगतको कुनै पनि बेला भन्दा सशक्त ढंगले भूमिका खेल्न तयार रहेको सन्देश महाधिवेशनले दिने जिकिर गरे । उनले ५ लाख जनताको माझमा पार्टीको महाधिवेशन उद्घाटन हुने र एकताको सन्देश दिने बताए ।