Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महाधिवेशन गरे पनि, नगरे पनि हामी जित्छौं : ओली

महाधिवेशन गरे पनि, नगरे पनि हामी जित्छौं : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • १८:०१:३० बजे
  • 580
    SHARES
  • महाधिवेशन गरे पनि, नगरे पनि हामी जित्छौं : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि मतपत्र च्यात्ने सपना नदेख्न चुनौती दिएका छन् ।

    images

    सोमबार एमालेको भतरपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले रेणु दाहाललाई कांग्रेसले बोकेको, आफूहरूले पनि गल्तीबस् बाउ (प्रचण्ड) लाई बोकेको भन्दै अब त्यस्तो गल्ती नहुने बताए ।

    यहाँ महाधिवेशन गरे पनि, नगरे पनि जित्ने दाबी गर्दै ओलीले महाधिवेशन गर्ने कुरा ठूलो नभएको बताए ।

    ‘चितवनमा महाधिवेशन गर्ने कुन्‌सा ठूलो कुरा भयो,’ प्रचण्डतिर संकेत गर्दै ओलीले भने, ‘किन छटपटी ? महाधिवेशन गरे पनि, नगरे पनि हामी जित्छौं ।’

    ‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको,’ ओलीले भने, ‘ अब त्यस्तो गल्ती गर्नु हुँदैन ।

    जनताले एकपटक धोका पाए । म त झुक्किएर पाएर दुई/दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’ उनले भने, ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology