Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुकुम्बासीको पहिचान गर्न सरकारले कार्यदल बनाउँदै

सुकुम्बासीको पहिचान गर्न सरकारले कार्यदल बनाउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • १८:०३:०८ बजे
  • 442
    SHARES
  • सुकुम्बासीको पहिचान गर्न सरकारले कार्यदल बनाउँदै

    सरकारले वास्तविक सुकुम्बासीको पहिचान गर्न कार्यदल बनाउने भएको छ ।

    images

    भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शशी श्रेष्ठले वास्तविक सुकुम्बासी पत्ता लगाउने बताइन् । “वास्तविक सुकुम्बासी पत्ता लगाउनुपर्छ ।

    यसका लागि एउटा कार्यदल गठन गरेर जाने तयारी छ,” उनले भनिन्, “कतिपयले पाइसकेको जग्गा बेचेर फेरि सुकुम्बासी बन्ने र भएको आफ्नो जग्गा बेचेर सुकुम्बासी बनेर आउने प्रवृत्ति छ ।

    त्यसलाई नियन्त्रण गरिन्छ । वास्तविक सुकुम्बासीको तथ्यांक संकलन गरेर उचित पुनर्स्थापना गर्ने प्रयास गर्छौँ ।

    सुकुम्बासीलाई जग्गा वितरण गर्न तथा ऐलानी जग्गालाई नम्बरी बनाई लालपूर्जा वितरण गर्न सरकारले सुकुम्बासी आयोग गठन गरिसकेको छ ।

    मन्त्री श्रेष्ठले सडक विस्तारका क्रममा विस्थापितको पुनर्स्थापनाका लागि पहल गर्ने, अन्य मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता समेत जनाइन् ।

  • सम्बन्धित विषय:

  • # सुकुम्बासी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology