Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुरक्षा व्यवस्था थप मजबुद पार्न गृहमन्त्री खाँणको निर्देशन

सुरक्षा व्यवस्था थप मजबुद पार्न गृहमन्त्री खाँणको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • १८:३८:०४ बजे
  • 820
    SHARES
  • सुरक्षा व्यवस्था थप मजबुद पार्न गृहमन्त्री खाँणको निर्देशन

    कार्यबहाक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका छन् ।

    images

    सोमबार सिंहदरबारमा बसेको सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकमा खाँडले चाडपर्वका बेला हुन सक्ने अपराधिक घटनाहरुलाइ रोक्नका लागि मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका हुन् ।

    बैठकले चाडवाडका बेला भीडभाड कम गरेर कोरोना संक्रमणको जोखिम घटाउन आग्रह गरेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

    यसअघि पनि भीडभाड नियन्त्रण हुन नसक्दा कोरोना संक्रमण बढेको र अव कोरोनालाई बढ्न नदिन सवै सुरक्षा अंगहरुले उच्च सतकर्ता अपाउने निर्णय भएको पोखरेलले बताए ।

    स्वास्थ्य सर्तकता र संक्रमण बढ्न नदिने बिषयमा नै छलफल केन्द्रीत भएको उहाको भनाई छ । बैठकमा रक्षामन्त्री डा.मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगाएत सवै सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology