Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पाँच होइन १० दल मिले पनि एमालेले एकल बहुमत ल्याउँछ : ओली

पाँच होइन १० दल मिले पनि एमालेले एकल बहुमत ल्याउँछ : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • १८:४२:२९ बजे
  • 1.1K
    SHARES
  • पाँच होइन १० दल मिले पनि एमालेले एकल बहुमत ल्याउँछ : ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

    images

    एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठजोड नगरी एमाले एक्लैले बहुमत ल्याउने जिकिर गरे ।

    यसका लागि एकताबद्ध भएर तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । “अब हामी आफ्नै एकल बहुमत ल्याउँछौँ । जोडजाड होइन, एकल बहुमत ।

    ५० प्रतिशतभन्दा बढी मत समानुपातिक र ५० प्रतिशतभन्दा बढी सीट प्रत्यक्षमा ल्याउनुपर्छ । त्यसका लागि तयारीमा लाग्नुस् । हामी सफल हुन्छौँ,” उनले भने ।

    ओलीले पाँच दल होइन १० मिलेर आए पनि एमाले बहुमतका साथ आउने चुनौती दिए । “एमालेको महासागर, महाभेल अब आउँदै छ । कसैले रोक्न सक्दैन ।

    सचेत तयारी गर्नुपर्छ । आन्तरिक एकता गर्ने हो । लड्नलाई विरोधी छदैछन्,” उनले भने । एमालेले चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेपालको गन्तव्यमा पुग्ने बाटो र नयाँ संकल्प गर्ने ओलीले बताए । “महाधिवेशनबाट गरेर बाहिर निस्केर देश बनाउन लाग्छौं, उनले भने ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology