Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु

सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • १८:४६:०१ बजे
  • 895
    SHARES
  • सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु

    सरकारले बुधबारबाट सुकुम्बासीलाई लालपुर्जा वितरण सुरुवात गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मंगलबारबाट महोत्तरीको रामगोपालपुरस्थीत गाउँ ब्लकको जग्गा वितरण गर्ने भएकी हुन् ।

    images

    गाउँमा शिविर राखेर जग्गा वितरण गर्ने मन्त्री श्रेष्ठले जानकारी दिइन् । उनले अघिल्लो सरकारका राम्रा कामको स्वामित्व आफूले लिने बताइन् ।

    अघिल्लो सरकारले पालामा बनेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेर वर्तमान सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ। भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसोबासीलाई राष्ट्रिय भूमि आयोगले निरन्तरता दिने बताएको छ ।

    त्यसै अन्र्तगत महोत्तरीबाट जग्गा वितरण थालिएको छ। मन्त्री श्रेष्ठले भनिन्, 'अघिल्लो आयोगले दाबी गरेजस्तो सुकुम्बासी,भूमिहीनसम्बन्धी काम खासै गति लिएको रहेनछ, १४ स्थानको बल्ल बल्ल भएको रहेछ, त्यो पनि पूर्ण भएको रहेनछ ।’

    उनले भूउपयोगसम्बन्धी नियमावली समेत प्रधानमन्त्री शेरबहादुर देउवा आए मन्त्रिपरिषद्बाट पारित गराउने तयारी भइरहेको जानकारी दिएकी छन् ।

    यो नियमावली अघिल्लो मन्त्रीको पालामा पारित गर्ने तयारी थियो । मन्त्रिपरिषद्को विघटनपछि यो फिर्ता आएको हो । मन्त्री श्रेष्ठले केही संशोधन गरेर यो नियमावलीलाई अगाडि बढाउने जानकारी दिइन् । नियमावली वस्तुगत होस भन्ने हो, हाम्रोमा तोकिए बमोजिम लेख्ने र गोलमडोल राख्ने चलन छ, त्यो नहोस भन्ने मेरो सोच, उनले भनिन् ।

    उनले आफूले सके राम्रो काम गर्ने नसकेर नराम्रो भने नगर्ने प्रतिवद्धता जनाएकी छन् । उनले सरोकारवालासँग छलफल गरेर मात्रै गुठी ऐन अगाडि बढाउने बताइन्।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # सुकुम्बासी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology