Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह

बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • ०८:२२:२२ बजे
  • 898
    SHARES
  • बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह

    नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ ।

    images

    नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना महामारीको प्रभावले समस्यामा परेका उद्योगी व्यवसायीलाई आवश्यक ऋण उपलब्ध गराउन वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लुघवित्तलाई पुनर्कर्जाका लागि आवेदन दिन यस्तो आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाले आगामी १९ मंसिरसम्म आवेदन दिन सक्नेछन् ।

    राष्ट्र बैंकका अनुसार अति प्रभावित क्षेत्र पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपक्षी, मौरी तथा मत्स्यपालन व्यवसाय गर्नेहरू पुनर्कर्जाका लागि योग्य हुनेछन् ।

    यसैगरी, तयारी पोसाक, हस्तकला तथा सीपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, निजी तथा आवासीय विद्यालय, यात्रुवाहक स्थल यातायात पनि पुनर्कर्जाका लागि योग्य हुनेछन् ।

    यो खबर आजको राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology