Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • ०८:२३:३७ बजे
  • 667
    SHARES
  • आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

    प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ ।

    images

    कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ ।

    कांग्रेसले २०७४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरी आफ्ना उम्मेदवारलाई फिर्ता गराएको थियो भने सोही कारण कांग्रेस नेता कार्यकर्ता अन्य दलको निर्वाचन चिह्नमा मतदान गर्न बाध्य भएका थिए ।

    ‘त्यसबेला कतिपय स्थानमा तालमेल गरिएका दलबाटै घात हुँदा कांग्रेसका शीर्ष तहका नेताहरूसमेत पराजित हुन पुगेको अवस्था बन्यो,’ कांग्रेस स्रोतले भन्यो ।

    सोही परिणामबाट पाठ सिक्दै अहिले भने कांग्रेसले देशभर तालमेल नगरी आवश्यकता हेरेर मात्रै अन्य दलसँग तालमेल गर्ने नीति अघि सार्ने तयारी गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालीन आवश्यकता हेरेर निर्वाचनमा तालमेल हुने कि नहुने निधो हुने बताउँदै आइरहेका छन् ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology