Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केन्द्रसहित सबै प्रदेशबाट एमालेले गुमायो सत्ता

केन्द्रसहित सबै प्रदेशबाट एमालेले गुमायो सत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • ०८:२४:४७ बजे
  • 724
    SHARES
  • केन्द्रसहित सबै प्रदेशबाट एमालेले गुमायो सत्ता

    पार्टी विभाजनसँगै नेकपा एमालेले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ ।

    images

    पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ ।

    तत्कालीन नेकपा हुँदा बहुमतको सरकार गठन गरेको एमालेले नेकपा र एमाले विभाजित भएसँगै प्रदेश सरकार नेतृत्वको सरकार गुमाएको छ ।

    सोमबार प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेशको सत्ताबाट बाहिरिएको छ । प्रदेश–१, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सत्ता सम्हालेको एमाले अहिले शून्यको अवस्थामा छ ।

    एमालेबाट अगल भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै प्रदेश–१, वागमती र लुम्बिनीमा एकल बहुमतमा रहेको एमाले सत्ताबाट पनि बाहिरिएको हो ।

    गण्डकी प्रदेशमा भने तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी फुटेपछि माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले साथ छाड्दा एमालेले सत्ता गुमाएको थियो ।

    अल्पमतमा परेपछि यसअघि नै वागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology