Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आजबाट कर्णालीको नेतृत्व सम्हाल्दै जीवनबहादुर शाही

आजबाट कर्णालीको नेतृत्व सम्हाल्दै जीवनबहादुर शाही

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • १०:२३:५० बजे
  • 817
    SHARES
  • आजबाट कर्णालीको नेतृत्व सम्हाल्दै जीवनबहादुर शाही

    कर्णाली प्रदेश सरकारको नेतृत्व आजबाट फेरिँदै छ । कर्णाली प्रदेशका मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले सोमबार साँझ राजीनामा दिएपछि अब नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णालीको नेतृत्व सम्हाल्ने निश्चित भएको हो ।

    images

    शाहीले आजै प्रदेश प्रमुख कार्यालयमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा दाबी गर्दैछन् । यसअघि आधा आधा समय सत्ता नेतृत्व गर्ने सहमति भएअनुसार नै महेन्द्रबहादुर शाहीले राजीनामा दिएका हुन् ।

    उनले केहीअघिसम्म आफूले सत्ता नछाड्ने बताउँदै आएका थिए । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल यसअघि भएका सहमति कार्यान्वयन गर्न निर्देशन दिएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

    प्रदेश प्रमुख कार्यालयले उनको राजीनामा आएसँगै बहुमत पुग्ने दललाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आज साँझ ७ः३० बजेसम्मको समय दिएको छ ।

    यसअघि सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेमा विभाजित भएपछि महेन्द्रबहादुर शाही ३ फागुनमा मुख्यमन्त्री बनेका थिए ।

    त्यतिबेला माओवादी केन्द्रले कांग्रेससँग आधाआधा समय नेतृत्व गर्ने सहमति गरेको थियो । ३ फागुन २०७४ मा मुख्यमन्त्री बनेका शाहीले नेकपा विभाजित भएपछि ३ वैशाखमा विश्वासको मत लिएका थिए ।

    उनले विश्वासको मत लिँदा नेपाली कांग्रेसले साथ दिएपछि कांग्रेस सरकारमा पनि समावेश भएको थियो । कांग्रेसका २ जनाले प्रदेशका दुई मन्त्रालय सम्हालेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology