Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जापानमा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत

जापानमा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • १०:२९:५६ बजे
  • 532
    SHARES
  • जापानमा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत

    जापानको सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी (एलडीपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त भएको छ ।

    images

    जापानमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनमा बहुमत हासिल गरेको हो ।

    सोमबार बिहान सार्वजनिक नतिजामा प्रधानमन्त्री फुमियो किशिदाको पार्टी एलडिपी र कोमेइतो सम्मिलित गठबन्धनले बहुमत हासिल गरेको बताइएको छ ।

    सोमबार बिहान सार्वजनिक सो नतिजामा उक्त गठबन्धनले २६१ स्थानमा जित हासिल गरेको छ । संसदको तल्लो सदनमा ४६५ स्थान रहेका छन् ।

    प्रधानमन्त्री किशिदाको राजनीतिक पार्टी एलडिपीसँग सहकार्य गरेको कोमेइतोले भने ३२ स्थानमा जित हासिल गरेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सरकारले कोभिड–१९ को नियन्त्रणमा गरेका कार्य र आय असमानतासँग असन्तुष्ट मतदाताहरूका कारण यस गठबन्धनले स्पष्ट जित गर्न नसक्ने बताइएको थियो ।

    एलडीपीले यसअघि प्रतिनिधि सभामा रहेको २७६ सिटमा केही सिट भने गुमाएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले तल्लो सदनमा एलडीपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताएका थिए ।–सिन्ह्वा

  • सम्बन्धित विषय:

  • # जापानमा सत्तारुढ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology