Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र विस्तार आवश्यक : अर्थमन्त्री शर्मा

राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र विस्तार आवश्यक : अर्थमन्त्री शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • ११:५३:१० बजे
  • 526
    SHARES
  • राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र विस्तार आवश्यक : अर्थमन्त्री शर्मा

    अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र विस्तार आवश्यक रहेको बताएका छन् ।

    images

    शर्मा नुवाकोटको ककनी गाउँपालिका–५ को वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै थिए । निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर राष्ट्रियता र स्वाधीनता बलियो बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिए ।

    ‘उत्पादनमा केन्द्रित भएमात्र हामी गरिबीलाई अन्त्य गर्न सक्छौँ, देशलाई आत्मनिर्भर बनाउन सक्छौँ’, उनले भने, ‘विदेशमा भर परेर हाम्रो देश अगाडि बढ्न सक्दैन ।

    हाम्रो राष्ट्रियता र स्वाधीनता बलियो हुँदैन, यसलाई बलियो बनाउन मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता आवश्यक छ ।’ मन्त्री शर्माले आत्मनिर्भर बनेर मात्र समाजवाद बलियो हुने भन्दै त्यसतर्फ संकल्पसहित अघि बढ्न आग्रह पनि गरे ।

    समाजवादका लागि गरिबीको अन्त्य, समानता, न्याय र स्वतन्त्रता आवश्यक हुने उल्लेख गर्दै मन्त्री शर्माले त्यसतर्फ नेतृत्व, कार्यकर्ता तथा जनता सबै लाग्नुपर्ने बताए ।

    कुनै पनि काम गर्दा नेता तथा नेतृत्वलाई जनता र कार्यकर्ताले सधैँ खबरदारी गरिरहनुपर्ने बताउँदै उनले त्यसो नभए नेता बाटोबाट बहकिने उल्लेख गरे ।

    ‘जनता र कार्यकर्ताले सधैँ खबरदारी गरिरहनुपर्छ, त्यसो भएन भने नेता काम लाग्दैन ।’ स्थानीय तहलाई स्रोत र साधन अझ बढी उपलब्ध गराए स्थानीय स्तरका सडक पूर्वाधारलगायतका कामहरू आफैँ गर्न सक्ने उनको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology