Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना भाइरसबाट मृ त्यु हुनेको संख्या ५० लाख नाघ्यो

कोरोना भाइरसबाट मृ त्यु हुनेको संख्या ५० लाख नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • १२:५१:१० बजे
  • 895
    SHARES
  • कोरोना भाइरसबाट मृ  त्यु हुनेको संख्या ५० लाख नाघ्यो

    विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट मृ त्यु हुनेको संख्या ५० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

    images

    यद्यपी, विज्ञहरुले मर्नेको यकिन संख्या अझै योभन्दा बढी रहेको दाबी गरिरहेका छन् । खोपका कारण मृत्युदर केही घटेको भने उनीहरुले स्विकारेका छन् ।

    विश्वभर पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या घटेको छ । यद्यपी, यस महिना केही देशमा संक्रमित संख्या बढेको पनि छ । अहिलेसम्म विश्वमा कोरोना भाइरसबाट २५ करोडभन्दा धेरै जनसंख्या संक्रमित भइसकेको छ ।

    विश्व स्वास्थ संगठनले यस महामारीमा मर्नेको संख्या आधिकारीक आँकडाको तुलनामा तीन गुणा बढी हुनसक्ने अनुमान लगाएको छ ।

    कोरोनाका कारण अहिलेसम्म सबैभन्दा धेरै मृत्यु अमेरिकामा भयो । यहाँ ७ लाख ४५ हजार ८ सयभन्दा धेरै ज्यान गुमाए । त्यसैगरी, ब्राजिलमा ६ लाख ७ हजार ८ सय २४ भन्दा धेरैले ज्यान गुमाए ।

    पछिल्ला दिनमा मृत्युदरमा पनि कमी आएको छ । मर्नेको संख्या ४० लाखबाट ५० लाख पुग्न १ सय १० दिन लाग्यो । जबकी, ३० लाखबाट ४० लाख पुग्न ९० दिनमात्रै लागेको थियो ।

    खोपका कारण मर्नेको संख्यामा कमी आएपनि महामारी समाप्त भइ नसकेको विश्व स्वास्थ संगठनले जनाएको छ । अघिल्लो हप्ता रुसमा दैनिक संक्रमितको संख्या बढेको थियो । यहाँ, महामारी सुरु भएयता अहिले संक्रमणको रफ्तार सबैभन्दा उच्च देखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology