Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् पुर्‍याउने सरकारको लक्ष्य : मन्त्री भुसाल

आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् पुर्‍याउने सरकारको लक्ष्य : मन्त्री भुसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • १६:३४:३७ बजे
  • 538
    SHARES
  • आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् पुर्‍याउने सरकारको लक्ष्य : मन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएकी छन् ।

    images

    वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रजत महोत्सवका अवसरमा मंगलबार आयोजित समारोहमा मन्त्री भुुसालले केन्द्रिय प्रशारण लाइन पुग्न नसक्ने सथानमा वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत् सुविधा प्रदान गरी आधुनिक ऊर्जाको पहुँचबाट कोही पनि नागरिक वञ्चित हुनु नपर्ने धारणा राखिन् ।

    उनले स्वदेशी विद्युत् खपत बढाउन, आयातीत इन्धनलाई कम गर्न र असन्तुलित व्यापार घाटा न्यूनिकरण गर्न विद्युत् ऊर्जालाई प्रमुख प्राथमिकता दिएको उल्लेख गरिन् ।

    सिंचाइको अभावमा जमिन बाँझो राख्न नपरोस् भनेर सिंचाइका लागि प्रयोग हुने ऊर्जाको महसुल घटाइएको र आगामी दिनमा यसलाई निःशुल्क गरिने नीति सरकारको रहेको बताउँदै मन्त्री भुसालले यसबाट मुलुकलाई खाद्यान्यमा आत्मनिर्भर गर्न सकिने विश्वास व्यक्त गरिन् ।

    उनले समतामूलक राष्ट्र निर्माणका लागि गरिब जनतासम्म ऊर्जाको पहुँच पुर्‍याउने उद्देश्यले सरकारले २० युनिटभन्दा कम खपत गर्नेलाई निःशुल्क विद्युत् सेवा प्रदान गर्ने निर्णय गरेको बताएकी छन् ।

    “यस सुविधाबाट २० युनिटभन्दा कम खपत गर्ने २६ लाख घरधुरीका झन्डै एक करोड ३० लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन्,” उनले भनिन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology