Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तिहारमा ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु बाल्नुस् : कुलमान घिसिङ

तिहारमा ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु बाल्नुस् : कुलमान घिसिङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • १७:२६:०८ बजे
  • 1.1K
    SHARES
  • तिहारमा ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु बाल्नुस् : कुलमान घिसिङ

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माग अनुसार विद्युत् दिन कुनै समस्या नरहेको बताएका छन् । प्राधिकरणले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मागअनुसार विद्युत् दिन कुनै समस्या नरहेको बताएका हुन् ।

    images

    तिहारमा १ हजार ५ सय मेगावाटभन्दा बढी खपत नहुने अनुमान रहेको बताए । यसमा सरप्लस (चाहिएभन्दा बढी) नै उत्पादन रहेको घिसिङको भनाइ छ ।

    उनका अनुसार अहिले २ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ । “यो वर्षको भदौतिरको समयमा सबैभन्दा धेरै १ हजार ६२० मेगावाट डिमान्ड (माग) रहेको थियो ।

    तिहारमा त्योभन्दा पनि कम रहने अनुमान रहेको छ,” घिसिङले भने,“विद्युत्को माग जति आएपनि हामी तिहारमा उपभोक्तालाई बिजुली दिन्छौँ । ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्नुहोस् ।”

    अब विद्युत् खपत नै बढाउने सरकार र प्राधिकरणको नीति रहेको समेत उनले जानकारी दिए । कार्यकारी निर्देशक घिसिङले बेला–बेलामा बत्ती गइरहे पनि यसलाई लोडसेडिङका रुपमा नलिन आग्रह गरे ।

    विभिन्न कारणले अहिले बत्ती गइरहनुको कारण सडक विभागको काम कारबाही, खानेपानीको कामकारबाही जोडिएको बताए । सडकमा काम हुँदा तथा पोल नै सार्नुपर्दा पनि गइरहेको उनको भनाइ थियो ।

    त्यस्तै, उनले भारतमा चर्किएको ऊर्जा संकटका कारण हिउँदमा समस्या पर्ने भन्ने बजारको हल्लामा पनि सत्यता नरहेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology