Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • १९:००:०७ बजे
  • 1.6K
    SHARES
  • प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

    प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा साइडलाइन वार्ता भएको छ ।

    images

    मंगलबार भएको भेटवार्तामा द्विपक्षीय घनिष्ठ सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । देउवा प्रधानमन्त्री भएपछि मोदीसँग पहिलो औपचारिक भेटवार्ता भएको हो ।

    सोमबार ग्लास्गोमै रात्रिभोजमा दुई नेताबीच जम्काभेट भएको थियो । आजको भेटमा जलवायु परिवर्तनको असर र कोभिड–१९ महामारीबारे पनि छलफल भएको बताइएको छ ।

    महामारीविरुद्ध मिलेर काम गर्ने संकल्प दुवै नेताले गरेका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीले भेटमा दुवै प्रधानमन्त्रीको भ्रमणका विषयमा पनि भएको जनाएका छन् ।

    पहिले मोदी नेपाल आउने र त्यसलगत्तै देउवा भारत भ्रमणमा जाने विषयमा छलफल भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology