Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकामा ५ देखि ११ बर्षका बालबालिकालाई फाईजर खोप दिइने

अमेरिकामा ५ देखि ११ बर्षका बालबालिकालाई फाईजर खोप दिइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७८ बुधवार • ११:१५:४२ बजे
  • 952
    SHARES
  • अमेरिकामा ५ देखि ११ बर्षका बालबालिकालाई फाईजर खोप दिइने

    एजेन्सी । अमेरिकाले पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाईजर खोप स्वीकृत गरेको छ । योसँगै अब अमेरिकामा सो उमेर समूहका लाखौं बालबालिकाले खोप लगाउन पाउने भएका छन् ।

    images

    रोग नियन्त्रण तथा उन्मुलन केन्द्र (सीडीसी) ले बालबालिकाका लागि खोप अनुमोदन गरेको हो । अमेरिकामा यसअघि १२ वर्षमाथि बालबालिकामा फाइजर दिइएको थियो ।

    अनुमोदनपछि अमेरिकामा दुई करोड ८० लाख बालबालिकाले फाइजर खोप लगाउने भएका छन् । जनजीवनलाई सामान्य बनाउन बालबालिकालाई पनि खोप आवश्यक भएको विज्ञहरुले सुझाव दिँदै आएका थिए ।

    यसअघि सीडीसीका विज्ञको एउटा टोली र त्यहाँको खाद्य तथा औषधी प्रशासन (एफडीए) ले पाँच वर्ष माथिका बालबालिकालाई फाइजर खोप लगाउन सकिने जनाएका थिए ।

    कोभिड नियन्त्रणका लागि खोप ९१ प्रतिशत प्रभावकारी हुने एफडीएका अधिकारीहरुले बताएका छन् । खोप लगाएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता १६ देखि २५ वर्षका व्यक्तिहरुको जस्तै हुने विज्ञहरुको भनाई छ ।

    खोप लगाएपछि कुनै ‘साईड इफेक्ट’ नदेखिने पनि उनीहरुले बताएको समाचार एपी न्युजले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # फाईजर खोप दिइने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology