Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मुख्यमन्त्रीलाई गाडी सुम्पिएर पैदलै डेरातिर लागे महेन्द्रबहादुर शाही

मुख्यमन्त्रीलाई गाडी सुम्पिएर पैदलै डेरातिर लागे महेन्द्रबहादुर शाही

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७८ बुधवार • १२:४८:५९ बजे
  • 964
    SHARES
  • मुख्यमन्त्रीलाई गाडी सुम्पिएर पैदलै डेरातिर लागे महेन्द्रबहादुर शाही

    कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलाई आफूले चढ्दै आएको गाडी बुझाएर निवर्तनमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही पैदलै डेरा पुगे ।

    images

    मंगलबार साँझ नवनियुक्त मुख्यमन्त्री जीवनबहादुरले सपथ लिएसँगै निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुरले गाडी जीवनलाई बुझाएर पैदलै हिडेर डेरा पुगेका हुन् ।

    शपथ ग्रहणको औपचारिक समारोह सकिसकेपछि प्रदेश प्रमुख, निवर्तमान मुख्यमन्त्री र नवनियुक्त मुख्यमन्त्रीले केही समय गफगाफ गरे ।

    त्यसपछिका केही दृश्य पनि निकै रोचक देखिए । जब, नयाँ मुख्यमन्त्री प्रदेश प्रमुखको कार्यालयबाट बाहिर निस्कन थाले, निवर्तमान मुख्यमन्त्री शाहीले आफू चढ्ने गाडी मुख्यमन्त्री शाहीलाई सुम्पिए ।

    कर्णाली प्रदेश ०२००१ झ ००२३ नम्बरको स्कार्पियो गाडी उनले प्रयोग गर्दै आएका थिए । नयाँ मुख्यमन्त्री जीवनबहादुर शाही त्यही गाडी चढेर प्रदेश प्रमुखको कार्यालयबाट बाहिर निस्किएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगे भने महेन्द्रबहादुर पैदल हिँडेरै डेरातिर लागे ।

    शाहीले मंगलबार नै वीरेन्द्रनगरकै गुरुङ चोकमा एउटा सानो ‘फ्ल्याट’ भाडामा लिएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology