Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आगामी चुनावमा एमालेले एक सिट पनि जित्दैन : मेटमणि चौधरी

आगामी चुनावमा एमालेले एक सिट पनि जित्दैन : मेटमणि चौधरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७८ बुधवार • १६:०२:१७ बजे
  • 796
    SHARES
  • आगामी चुनावमा एमालेले एक सिट पनि जित्दैन : मेटमणि चौधरी

    नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आगामी निर्वाचनमा १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनै पनि स्थानमा एमालेले जित्न नसक्ने टिप्पणी गरेका छन् ।

    images

    लुम्बिनी प्रेस क्लबले बुधबार बिहान भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता चौधरीले प्रत्यक्षमा एक सिट नजितेपनि समानुपातिकतर्फ भने एमालेले १०–१२ सिट ल्याउने बताए ।

    “१६५ निर्वाचन क्षेत्रमध्ये एमालेले कुनै पनि स्थानमा जित्न सक्दैन,” चौधरीले भने,“समानुपातिकतर्फ १०–१२ सिट आउला ।” चौधरीले घनश्याम भुसाललगायत नेता केही समय बिराएर नेतृत्व पार्टीमा रहे पनि उनीहरु छिट्टै एकीकृत समाजवादीमा फर्कने बताए ।

    एमालेलाई ओली कम्पनीको संज्ञा दिँदै चौधरीले आउँदो निर्वाचनमा ओलीबाहेक सबै कम्युनिस्ट पार्टी एक भएर चुनाव लड्ने दाबी समेत गरे ।

    कम्युनिस्टहरुबीच एकता गर्ने सकेसम्म उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि सहकार्य गरेर बहुमतका साथ चुनाव जित्ने जिकिर समेत गरे ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्केपछि प्रधानन्यायाधीशको राजीनामा विषयमा दृष्टिकोण बनाउने बताए । “प्रधानन्यायाधीशले मन्त्री बनाइदिनुस् भनेर दबाब दिनुभएको साँचो हो भने त्यो गलत कार्य हो, सेटिङ बार्गेनिङको कुरा साँचो हो भने उहाँले पदबाट राजीनामा दिनुपर्छ,” चौधरीले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology