Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजदेखि नेपालले भारतलाई ३९ मेगावाट विद्युत् बेच्ने

आजदेखि नेपालले भारतलाई ३९ मेगावाट विद्युत् बेच्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७८ बुधवार • १६:१७:१० बजे
  • 1.0K
    SHARES
  • आजदेखि नेपालले भारतलाई ३९ मेगावाट विद्युत् बेच्ने

    पहिलो चरणअन्तर्गत आजदेखि नेपालले भारतलाई विद्युत् निर्यात सुरु गरेको छ ।

    images

    पहिलो चरणअन्तर्गत आज १२ बजे रातिदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरू गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार पहिलो चरणमा ३९ मेगावाट विद्युत निर्यात गरिनेछ । अब विस्तारै क्रमश विद्युतको निर्यात बढाउँदै लैजाने प्राधिरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसीबाट उत्पादन हुने विद्युत पनि भारतीय बजारमा पुग्नेछ ।

    प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा विद्युत निर्यात हुने पनि प्राधिकरणले जनाएको छ भने विद्युतको प्रतियुनिट बिक्री दर मार्केट क्लियरिङ प्राइसका आधारमा निर्धारण गरिनेछ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology