Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना भाइरस

चीनमा फ्रोजन सिफुडको प्याकेटमा कोरोना भाइरस फेला पर्यो

चीनमा फ्रोजन सिफुडको प्याकेटमा कोरोना भाइरस फेला पर्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७७ बुधवार • १९:५४:५८ बजे
  • 1.3K
    SHARES
  • चीनमा फ्रोजन सिफुडको प्याकेटमा कोरोना भाइरस फेला पर्यो
    एजेन्सी । चीनसहितका विभिन्न देशले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेका छन् । कोरोना संक्रमणको स्रोत पहिचानमा पनि अनुसन्धान चलि नै रहेको छ । तर, चीनमा विदेशबाट आयात गरिएको सिफुडको प्याकेटमा कोरोना भाइरस फेला परेपछि अलर्ट जारी गरिएको छ ।
     
    चिनियाँ प्रशासनले आयात गरिएको फ्रोजेन सिफुडको प्याकेटमा कोरोना भाइरस पाएपछि अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म कहाँबाट आएको सिफुडमा फेला पर्यो भन्ने खुल्न सकेको छैन ।
    चिनियाँ पोर्ट सिटी दालियानको बन्दरगाहमा आएको फ्रोजेन सिफुडमा कोरोना भाइरस फेला परेको थियो । तीन कम्पनीले आयात गरेको सिफुडमा कोरोना देखिएको थियो ।
    रोयटर्सका अनुसार इश्वयडरबाट आयात भएको फ्रोजेन सिफुडमा कोरोना भाइरस पाइएपछि चिनियाँ वैज्ञानिकले कोरोनाको स्रोत पहिचानमा अध्ययन थालेका छन् । चीनको वुहानस्थित सिफुड मार्केटबाट कोरोना फैलिएको सुरुवाती मान्यता छ ।
    स्थानीय सरकारले सिफुड मार्केटमा नपुगेको बताए पनि अलर्ट जारी गरेर अनुसन्धान सुरु गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सिपमेन्टसँग सम्बन्धित व्यक्ति र सामानको कडा निगरानी राखिएको छ । सामाग्री भण्डार गर्ने क्षेत्रमा सिल गरिएको छ । सम्बन्धित सबैजनालाई आइसोलेट गरिएको छ ।
    चीन सरकारले सिपमेन्ट पुगेको दालियान सहरमा जुलाइको अन्तिममा कोरोना संक्रमण देखिएको थियो । सुरुवातमा सिफुड प्रोसेसिङ्ग कम्पनीमा काम गर्ने एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । त्यसपछि त्यहाँ ९२ जनामा कोरोना पुष्टि भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology