Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगो

प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७८ बिहिवार • ०८:३२:४९ बजे
  • 664
    SHARES
  • प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं  महँगो

    भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ ।

    images

    यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यतिबेला प्याजको मूल्य १ महीनाको अवधिमा प्रतिकिलो १२ रुपैयाँले बढेर थोक बजारमै प्रतिकिलो ६० रुपैयाँ पुगेको छ ।

    यसअघि भदौ १७ गते प्याजको थोक मूल्य प्रतिकिलो ४८ रुपैयाँ रहेको थियो ।

    वर्ष चाडपर्व नजिकिएसँगै प्याजको मूल्य महँगिएको देखिन्छ । २०७६ भदौ १३ गते थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजको मूल्य दशैंतिहार शुरू भएसँगै ३८ रुपैयाँले बढेर सोही वर्ष असोज ९ गते प्रतिकिलो १ सय रुपैयाँ पुगेको थियो ।

    २०७७ भदौमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि आकाशिएको प्याजको भाउ दशैंतिहार नसकिएसम्म ओरालो लागेन । तिहार सकिएसँगै प्याजको मूल्य पनि विस्तारै आरोला लाग्दै गयो ।

    यस वर्ष गत वैशाखदेखि विस्तारै उकालो लागेको प्याजको मूल्य यस वर्षकै सबैभन्दा महँगो भएको छ ।

    आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # सधैं महँगो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology