Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीको एक वर्ष बित्दासमेत , हातमा छैनन् लाइसेन्स

परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीको एक वर्ष बित्दासमेत , हातमा छैनन् लाइसेन्स

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७८ बिहिवार • ०८:३६:५० बजे
  • 790
    SHARES
  • परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीको एक वर्ष बित्दासमेत , हातमा छैनन् लाइसेन्स

    सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् ।

    images

    सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् । यसअघि, ठूलो मात्रामा स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेकाले दुई वर्षसम्म सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका थिएनन् । कोभिड–१९ कारण परीक्षा नहुँदा संख्या नथपिएसँगै पुराना लाइसेन्सको छपाइसमेत सकिने अवस्थामा पुगे पनि पुनः लाइसेन्स छपाइको काम थुप्रिन पुगेको छ ।

    यातायात व्यवस्था विभागले कोभिडलगायतका कारण कार्ड खरिद गर्न नसकेको वहाना बनाएर गत वर्षको भदौदेखि स्मार्ट लाइसेन्स वितरण बन्द गरेको छ ।

    छपाइका लागि १४ लाख कार्ड ल्याउँदै विभाग विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन । विभागले स्मार्ट लाइसेन्स आउन अझै दुई महिनासम्म लाग्ने जनाएको छ । विभागले यसअघि पनि स्मार्ट लाइसेन्स ल्याउने प्रक्रियामा रहेको भन्दै चाँडै आउने बताउँदै आएको छ ।

    विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका सवारी चालकलाई अस्थायी परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ ।

    विभागले प्रदान गर्ने चिटका आधारमा सेवाग्राही निर्भर भर पर्दै आउनुपरेको छ । १४ लाख कार्ड ल्याउने तयारी विभागले १४ लाख चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइका लागि आवश्यक कार्ड ल्याउन लागेको छ । सरकारले डेढ वर्ष पहिले ठेक्का सम्झौता गरेकोमा अहिले कार्ड ल्याउन लागेको हो ।

    यसअघि, दुई वर्ष पहिले खरिद गरेको ‘मास प्रिन्टर’मा छपाइ गर्न कार्ड नमिलेपछि समस्या उत्पन्न भएको थियो । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट र कार्ड अर्को कम्पनीबाट खरिद गर्दा समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    विभागका अनुसार मंसिरसम्ममा चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख कार्ड ल्याउने तयारी रहेको छ ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # हातमा छैनन् लाइसेन्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology