Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सत्तारुढ गठबन्धन चुनावसम्म जान्छ : प्रधानमन्त्री देउवा

सत्तारुढ गठबन्धन चुनावसम्म जान्छ : प्रधानमन्त्री देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७८ बिहिवार • १०:४२:२५ बजे
  • 682
    SHARES
  • सत्तारुढ गठबन्धन चुनावसम्म जान्छ : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पुरै समय रहने बताए । उनले भने, 'गठबन्धन पुरै समय रहन्छ ।

    images

    गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ। गठबन्धन चुनावसम्मै जान्छ ।' यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग राम्रो कुराकानी भएको बताए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फलदायी कुराकानी भएको बताए ।

    मोदीले चाँडै नेपाल भ्रमण गर्ने देउवाको भनाइ थियो । 'उहाँलाई मैले नेपाल भ्रमणमा आउनुस् भनेँ। तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ,' प्रधानमन्त्री देउवाले भने, 'तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ नेपालमा आउनुस् भनेँ उहाँ आउन तयार छु भन्नुहुन्छ। उहाँ नेपाल भ्रमणमा आउने मितिको कुरा भएको छैन ।

    ' यस्तै उनले एमसीसी संसदबाट प्रक्रिया पूरा गरेर पास हुने भन्दै आत्तिन नपर्ने बताए । प्रधानमन्त्री देउवाले भने, 'सहमति गरेर हामी एमसीसी हामी पास गर्छौं, संसद् अधिवेशन अर्कै कारणले बन्द गरेका हौं, आत्तिन पर्दैन भनेको छु ।'

    प्रधानमन्त्रीको स्वागतमा काँग्रेस उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मिनेन्द्र रिजाल त्रिभुवन विमानस्थल पुगेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology