Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शाहरुख खान र गौरीलाई कांग्रेस नेता राहुल गान्धीको पत्र,आफू चिन्तित भएको उल्लेख

शाहरुख खान र गौरीलाई कांग्रेस नेता राहुल गान्धीको पत्र,आफू चिन्तित भएको उल्लेख

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७८ बिहिवार • १६:२९:५४ बजे
  • 1.8K
    SHARES
  • शाहरुख खान र गौरीलाई कांग्रेस नेता राहुल गान्धीको पत्र,आफू चिन्तित भएको उल्लेख

    एजेन्सी । केहीदिन अगाडिसम्म बलिउडका सुपरस्टार शाहरुख खान र उनकी पत्नी गौरी खानको छोरा आर्यन खान लागूऔषध मुद्दामा निकै छाए ।

    images

    आर्यन खानले गत अक्टोवर ३० मा अदालतबाट जमानत पाइसकेपनि शाहरुख र गौरी उनका लागि निकै चिन्तित छन् । उनीहरुले आर्यनको मानसिक स्वास्थ्यमा ध्यान दिइरहेका छन् ।

    यसैबीच गत अक्टोवर १ मा शाखरुख र गौरीलाई कांग्रेस नेता राहु्ल गान्धीले एक पत्र लेखेको खुलासा भएको छ । राहुल गान्धीले आफ्नो पत्रमा आर्यनको लागूऔषध मुद्दामा नाम आएपछि आफू चिन्तित भएको उल्लेख गरेका भारतीय सञ्चार माध्यकहरुले जनाएका छन् ।

    त्यस्तै उनले शाहरुख र गौरीले भोगेका पीडालाई आफूले महशुस गर्ने उल्लेख गर्दै कसैको पनि सन्तान यस किसिमको पीडालाई स्वीकार्न नसक्ने जनाएका थिए ।

    यसका साथै शाहरुख खानले आम मानिसका लागि राम्रो काम गरेको उल्लेख गर्दै उनले शाहरुखका लागि फ्यानले गरेका प्रार्थना र शाहरुखको सकारात्मक कामले आर्यन छिट्टै रिहा हुनेमा आफू आशावादी रहेको पत्रमा उल्लेख गरेका थिए ।

    मुम्बईबाट गोवातर्फ जान लागेको क्रुजमा भएको ड्रग्स पार्टीमा आर्यनसहित ८ जना पक्राउ परेका थिए । त्यसपछि आर्यन २८ दिनसम्म मुम्बईस्थित आर्थर रोड जेलमा थिए ।

  • सम्बन्धित विषय:

  • # नेता राहुल गान्धी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology