Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तिहारमा यसरी गाइन्छ भौली गीत

तिहारमा यसरी गाइन्छ भौली गीत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७८ बिहिवार • १६:४५:५१ बजे
  • 1.3K
    SHARES
  • तिहारमा यसरी गाइन्छ भौली गीत

    file photo 

    images

    भैली गीतलाई विशेषगरी नेपाली समुदायको संस्कृतीको रुपमा हेरिन्छ । भैली गाउने चलन कहिलेदेखि सुरू भएको हो भन्ने बारे कुनै एकिन तथ्य नभए पनि नेपाली समाजमा तिहारको लक्ष्मी पूजाको साँझमा बालिकाहरू जम्मा भएर घरघर डुल्दै भैली गीतमार्फत आशिर्वाद दिँदै हिँड्ने चलन छ ।

    देशका कतिपय स्थानमा तिहार सुरू हुनासाथ भैली खेल्ने चलन पनि छ । कतिपय स्थानमा भने अक्ष्मी पूजाका दिन मात्र भैली खेल्ने गरिन्छ ।

    तिहारमा यसरी गाइन्छ भौली गीतः

    भैलिनी आइन् आँगन, बढारी कुडारी राख न
    हे ! औँसी को बारो, गाई तिहारो भैलो ।

    हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
    हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

    भैलिनी आइन् आँगन, गुनिया चोलो माँगन
    हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

    हामी त्यसै आएनौँ, बलि राजाले पठाको
    हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

    अरु दिन आउने जोगिनी, आज आउने भैलेनी
    हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
    हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

    भैलिनी आइन् आगन, गुनिया चोलो मागन
    हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

    घरबेटी आमा बाल्दै छिन्, सुनको दैलो खोल्दै छिन्
    हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

    छानामाथि घिरैला, के–के दिन्छिन् हेरौँला
    हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

    लक्ष्मी पूजाको राति, भैलीका मुखमा सन्तोषी
    हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

    यो घरकी आमा कस्ति छिन्, लक्ष्मी माता जस्ती छिन्
    हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

    कति दिऊ के दिऊ भन्दैछिन्, रुपैयाँ पैसा गन्दै छिन्
    हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

    धमिराको ताँती, हामीलाई भो राति
    हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

    घोडा बान्ने तबेला, हामीलाई भयो अबेला
    हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

    दिने भए सिधा देउ, नदिने भए बिदा देउ
    हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

    जसले दिन्छ मानो, उसको सुनको छानो
    जसले दिन्छ मूरी, उसको सुनको धुरी ।

    यसरी भैलीको गीत गाइसकेपछि घरका मान्छेले दिएको सेल, चामल, फलफूल, पैसा आदि समूहका नाइकेले झोलामा राखेर बिदा हुन्छन् ।

    पछिल्लो समय देउसी भैलीमा देखिएको विकृतीले गर्दा सरकारले यसमा लगाएको अंकुशका कारण नेपाली समुदायको मौलिक सँस्कृतिको रुपमा रहेको देउसीभैलो लोप हुने अवस्थामा पुगेको छ ।

    यसको संरक्षण र यसको साँस्कृतिक पाटोलाई जोगाइराख्न यसमा देखिएका विकृतीलाई बेलैमा समाधान गर्न आवश्यक छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # भौली गीत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology