Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पार्टीमा अवसरवादीहरु हावी हुँदा काम न काजका गुण्डाहरुले पनि हेप्न थाले : प्रचण्ड

पार्टीमा अवसरवादीहरु हावी हुँदा काम न काजका गुण्डाहरुले पनि हेप्न थाले : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७८ बिहिवार • १८:२९:४० बजे
  • 1.3K
    SHARES
  • पार्टीमा अवसरवादीहरु हावी हुँदा काम न काजका गुण्डाहरुले पनि हेप्न थाले : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा अवसरवादीहरु हावी भएका बताएका छन् ।

    images

    माओवादी केन्द्र थिमि भक्तपुरले आज तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीमा अवसरवादीहरु हावी हुँदा माओवादीलाई काम न काजका गुण्डाहरुले पनि हेप्ने दिन आएको बताएका हुन् । ‘शान्ति प्रकृयामा आएपछि पार्टीमा विकृति भित्रियो ।

    हाम्रा कमरेडहरु पनि अरु जस्तै विग्रहन थाले । यस्तो अवस्थामा पार्टीमा फुट जस्ता घटनाहरु भएर कजोर हुँदा काम न काजका गुण्डाहरुले पनि हेप्ने दिन आयो । अब त्यस्तो हुँदैन’, प्रचण्डले भने । यस्तै ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिक्रान्तिहरू माओवादी आन्दोलन कमजोर बनाउन षड्यन्त्रमा रहेको बताए ।

    “माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व कमजोर बनाउन षड्यन्त्र भइरहेको छ,” नेपाल संवत् ११४२ अवसरमा बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रचण्डले भने, “समाजवदाी क्रान्तिलाई नयाँ उचाइँमा पर्‍याउने सपनामाथि षड्यन्त्र भइरहेको छ ।” प्रचण्डले बादशाहलाई घोडाबाट झारेजस्तो ओली (एमाले अध्यक्ष केपी शर्मा ओली)लाई बालुवाटारबाट बालकोट पुर्‍याएको बताए ।

    “कम्युनिष्टलाई एउटै थलोमा ल्याउन पार्टी एकता गर्‍यौँ । तर, पार्टीभित्रैबाट,अध्यक्ष एवं प्रधानमन्त्री बनाएकाबाट गणतन्त्र उल्ट्याउने षडत्रन्त्र सुरु भयो,” प्रचण्डले भने, “प्रतिनिधिसभा विघटनको अर्थ फेरि मुलुकलाई कहीँ न कहीँ निरंकुशतन्त्र तिर लैजान, संविधान उल्ट्याउने समावेशी लोकतन्त्र उल्ट्याउने षड्यन्त्र थियो । हामीले त्यसविरुद्ध ‘वादशाहलाई घोडाबाट झारेजस्तो ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएकै हो ।”

    “अन्ततः पार्टी विभाजन भए पनि ‘कम्युनिष्टलाई एकतावद्ध गर्नुपर्छ’ भन्ने सपना गलत थिएन, सही थियो,” उनले भने, “किनकि कार्यकर्ता मात्र होइन, जनताले पनि अनुमोदन गरेका थिए । दुई तिहाइबाट अनुमोदन भएको थियो ।”

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology