Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अनौठो बानीका कारण चर्चित छिन् यी महिला

अनौठो बानीका कारण चर्चित छिन् यी महिला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७८ बिहिवार • २०:५२:३० बजे
  • 1.8K
    SHARES
  • अनौठो बानीका कारण चर्चित छिन्  यी महिला

    संसारमा केही मानिसहरु यस्ता छन् जो आफ्नो अनौठो हर्कतका कारण चर्चामा हुन्छन् । अमेरिकाको मिसिगनमा बस्ने निकोल नामकी महिला भित्तो कोपरेर खाने आफ्नो अनौठो बानीका कारण चर्चित छिन् ।

    images

    ती महिलालाई खरी ढुंगा खाने बानी छ । आफ्नो तलतली मेटाउनका लागि उनले घरकै भित्ता फोडेर खान सुरु गरिन् । एक टेलिभिजन कार्यक्रमका उनले आफ्नो त्यो अनौठो लतको बारेमा खुलासा गरेकी छिन् ।

    आफुलाई घरका सुख्खा भित्ताको बासना निकै मन पर्ने उनी बताउँछिन् । निकोलका अनुसार उनले एक हप्तामा तिन वर्गफिट भित्तो खाएर सिध्याउँछिन् । निकोल एक बच्चाकी आमा हुन् ।

    पाँच वर्षअघि उनलाई भित्ता खाने आदत निकै लागेको थियो । आमाको मृत्युपछि उनी डिप्रेशनमा गएकी थिइन् । त्यसबेला देखि नै उनलाई भित्ता कोपरेर खाने लत लागेको हो ।

    आफ्नो भित्ता खाने बानीका कारण लज्जित हुनुपरेको उनी सुनाउँछिन् । विभिन्न भित्ताको स्वाद फरक फरक हुने भन्दै उनले टेलिभिजन कार्यक्रममा कस्तो भित्ताको स्वाद सबैभन्दा मनपर्दछ भन्ने पनि खुलासा गरेकी छिन् ।

    डाक्टरहरुले भने महिलाको भित्ता खाने लतले उनको स्वास्थ्यमा असर पार्ने चेतावनी दिएका छन् । भित्तामा लगाइएका रङहरुमा विभिन्न घातक रसायन समेत हुने हुनाले त्यसरी भित्तो खाँदा क्यान्सर लगायतका घातक रोगको जोखिम हुने डाक्टरहरुको भनाई छ ।

    आफुले लाख कोसिसका बाबजुत पनि भित्ता खाने लत छुटाउन नसकेको निकोल बताउँछिन् । एजेन्सीको सहयोगमा

  • सम्बन्धित विषय:

  • # अनौठो बानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology