Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लक्ष्मीपूजाको दिन विद्युतको माग १२७० हालसम्मकै उच्च, भारतमा निर्यात गरेरै पनि नेपाललाई प्रशस्त

लक्ष्मीपूजाको दिन विद्युतको माग १२७० हालसम्मकै उच्च, भारतमा निर्यात गरेरै पनि नेपाललाई प्रशस्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७८ शुक्रवार • ०९:५०:१५ बजे
  • 898
    SHARES
  • लक्ष्मीपूजाको दिन विद्युतको माग १२७०  हालसम्मकै उच्च, भारतमा निर्यात गरेरै पनि नेपाललाई प्रशस्त

    विगत ५ वर्ष अगाडिका लक्ष्मी पूजाको दिन भारतबाट विद्युत आयात गर्नु पर्थ्यो । तर हिजोको लक्ष्मी पूजामा त्यो अवस्था आइपरेन । बरु ५ वर्षपअघिको अवस्थाको ठिक विपरित भयो ।

    images

    किनकि वर्षको लक्ष्मी पूजामा हालसम्मकै उच्च विद्युत माग रेकर्ड गरियो । त्यतिमात्रै होइन भारतमा ४८ मेगावट विजुली निर्यात पनि गरिएको छ, र भारतबाट नेपाल बिजुली आयात शुन्यमा झारिएको छ । नेपालकाे बिजुली नै प्रशस्त छ । लक्ष्मीपूजाको अवसरमा उपत्यकामा अधिकजसो घरमा विजुली खपत हुने गर्छ ।

    झिलिमिली विजुली बाल्ने देखि छुट्टै बत्ति बाल्नसम्म । त्यसको परिणम स्वरुप नै भनौँ हिजो हालसम्मकै उच्च विजुली खपत पनि भयो । विद्युत प्राधिकरणका अनुसार लक्ष्मी पूजाको दिन सबैभन्दा धेरै विद्युतको माग भयो । हिजाको पीक डिमाण्ड १२७० मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    यो हालसम्मकै उच्च माग हो । पोहोरको साल लक्ष्मी पूजाको दिन ११२३ मेगावाट थियो । पोहोरको तुलनामा यो वर्ष १४७ मेगावाट बढी हो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चलाखीपूर्ण तरिकाले व्यवस्थपन गरेका थिए । उनले यो वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको थियो । र, त्यसै अनुसारअनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेका थिए ।

    निर्देशक घिसिङले भरपुर विजुलीको प्रयोग गर्न पनि जनाएका थिए । यो अवस्थामा काठमाडौं उपत्यका र आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०।६४ मेगावाट रेकर्ड भयो । यो पनि गत वर्षको तुलनामा अधिक हो । गत वर्ष र यो वर्षको तुनला गर्दा झण्डै २४ दशमलव ६४ मेगावट विद्युत बढी माग हो ।

    गत आर्थिक वर्ष र यो वर्षको सम्रग तुलनामा पनि नेपालकै इतिहासमा सबैभन्दा बढी विजुली डिमाण्ड भएको हो । चालु आर्थिक वर्षमा पिक डिमाण्ड १६१४।८ मेगावाट रेकर्ड गरिएको थियो । त्यसलाई नै हालसम्को उच्च डिमाण्ड मानिदै आएकोछ । तर यो रेकर्ड गत असोजको हो ।

    उक्त डिमाण्डलाई निर्यातसहित मापन गरिएको थियो । समग्र व्यवस्थापन हेर्दा विद्युत वितरण र व्यवस्थापनमा विद्युत प्राधिकरण सफल भएको छ ।

    उर्जामन्त्रीसहित प्राधिकरण पदाधिकारी भार केन्द्रमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालसहित प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका थिए ।

    कुनै समस्याका कारण उपभोक्तालाई असर नपरोस भन्ने उदेश्यले प्राधिकरणले मुलुकभरका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको पनि जनाएको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology